इटहरी : इटहरी उपमहानगरपालिका–४ बाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ।
प्राप्त सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर, कोशी प्रदेश प्रहरी कार्यालयको प्रहरी अनुसन्धान टोली विराटनगर तथा इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले बुधबार अपराह्न इटहरी–४ स्थित एक कोठामा छापा मारेको थियो।
खानतलासीका क्रममा धरान उपमहानगरपालिका–११ घर भई हाल इटहरी–४ मा डेरा गरी बस्ने ४१ वर्षीय दिनेश भट्टराईको कोठाबाट ब्राउनसुगर ४ ग्राम २० मिलिग्राम र नगद ११ हजार ९ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
बरामद लागूऔषध र नगदसहित भट्टराईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





















Discussion about this post