झापा : झापा शिवसताक्षी नगरपालिका ८ डुडामारी का २८ वर्षीय जीवन थाम्सुहाङ पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
सोमबार साँझ साढे ५ बजे शिवसताक्षी नगरपालिका १० स्थित माईखोलामा साथीहरूसंग पौडी खेल्ने क्रममा माईखोलाको बाधबाट बगेर बेपत्ता भएका थिए ।
थाम्सुहाङ बेपत्ता भएको खबर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय झिलझिले र अस्थाई प्रहरी पोष्ट माईधारबाट प्रहरी टोली खटि गई खोजतलास गर्दा बेलुका साढे ७ बजे बगेको ठाँउबाट अन्दाजी ५०० मिटर दक्षिण मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post