इटहरी : इटहरीमा रुखले किचेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार इटहरी १७ टिकुलियाका ५५ वर्षीय लक्ष्मण चौधरीको रुखले किचेर मृत्यु भएको हो ।
शुक्रबार दिउँसो साढे १२ बजे आफ्नो घर नजिकै गोरु चराउने क्रममा हावाहुरीको कारण कदमको रुख ढलेर किच्दा उनको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका चौधरीको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।














Discussion about this post