Wednesday, September 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

जब प्रहरी आफैं बसमा यात्रु बन्यो…

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २६, २०७८
in समाचार
0
सार्वजनिक यातायात सञ्चालन गर्न पाउँने, भाडादर बढ्यो

सांकेतिक तस्वीर ।

310
SHARES
Share on FacebookShare on Twitter

काठमाडौंबाट विभिन्न जिल्ला जाने क्रममा यातायात व्यवसायीले यात्रुबाट धेरै भाडा असुल्ने गरेको भन्ने सूचना महानगरीय ट्राफिक प्रहरी महाशाखामा आएपछि तत्कालै महाशाखाले  एउटा टोली तयार पार्‍यो।

सादा पोशाकमा आफैँ यात्रु बनेर जाने निर्णय गरी गत हप्ताबाट उपत्यकाका विभिन्न क्षेत्रमा उक्त टोली परिचालन गरिएको थियो। काठमाडौंबाट विभिन्न जिल्ला जाने यातायातको टिकट काउन्टर, चालक तथा सहचालकको सुक्ष्म रूपमा अध्ययन गर्दा धेरै ठाउँमा यात्रुबाट बढी भाडा लिएको पाइएपछि प्रहरी त्यसविरूद्ध आक्रामक रूपमा प्रस्तुत हुन थालेको छ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले भने, ‘हाम्रो अनुगमनमा यस्तोसम्म पाइयो कि लाग्ने भाडाभन्दा पाँच/छ गुनासम्म बढी भाडा लिएका थिए।’

यसको दरिलो उदाहरण काठमाडौं–बुटवलको भाडा हेर्दा पुग्छ। सामान्यतः छ-सात सय भाडाले पुग्ने बुटबलका लागि छ हजारसम्म लिएको पाइएको र पोखराको भाडा तीन हजार ५०० सम्म लिएको पाइएको छ। पोखरामा हवाइजहाजमा जाँदा समेत त्यति रकम तिर्नु पर्दैन।

केही अघि पक्राउ परेका पोखरा माइक्रोका कर्मचारी बन्दराज पराजुली, मोरङ घर भई नेपालटार बस्ने २९ वर्षीय नवीन पौडेल तथा बुटवल भैरहवा काउण्टरमा काम गर्ने धादिङ थाक्रे–७ का रञ्जित सिलवालविरूद्ध अहिले कानुनी प्रक्रिया अघि बढिसकेको छ।

कोभिड १९ को महामारीका बेला यसको फाइदा उठाउँदै चरम ठगी गरेको नमूना फेला परेपछि अहिले ट्राफिक प्रहरी यातायातको ठगीविरूद्ध आक्रामक भएर लागेको छ।  महाशाखाले विशेष छड्के जाँच तथा अनुगमन टोलीले विभिन्न स्थानबाट दैनिक रूपमा यात्रु ठगी गर्नेलाई पक्राउ गरी कानुनको कठघरामा उभ्याउँदै आएकोमा शनिबार मात्रै पनि त्यस्तै कैफियत गर्ने सात जना पक्राउ परेका छन्।

‘महामारीको यस्तो विषम परिस्थितिमा यात्रु समस्यामा पर्ने र ठगिन सक्ने कुरालाई ध्यान दिँदै टोली परिचालन गरेका हौं, टोलीले सम्भावित त्यस्ता स्थानमा निगरानी गर्ने, आफैं यात्रु बनेर भाडा मोलमोलाई गर्ने, यात्रुहसँग गोप्य रूपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिने व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेका छौं,’ एसएसपी भट्टराईले भने।

उपत्यकामा निषेधाज्ञा जारी भएपश्चात वैदेशिक रोजगारबाट आएका र अत्यावश्यक परी उपत्यका बाहिर जाने यात्रुसँग तोकिएभन्दा बढी भाडा लिने गरेको पाइएको छ।

यस्तै ठगी गर्नेमा सावित्रा काउण्टर कलङ्कीमा कार्यरत महोत्तरी गौशाला घर भइ थानकोट बस्ने वर्ष ५३ को मनु अर्याल र उनकै छोरा वर्ष ३० को अनु अर्याल पनि छन्। नारायणी यातायात काउण्टरका टिकट बुकिङ स्टाफ हेटौँडाका ३८ वर्षे नवराज घिमिरे, कुलेश्वर बस्ने वर्ष ४४ का विपिन सुवेदी र जय नेपाल सुपर डिलक्सका बुकिङ इन्चार्ज सुन्धारा काठमाडौंका ज्ञानेन्द्र साह पनि अहिले प्रहरीको फन्दामा परेका छन्।

उनीहरूले धनुषा, महोत्तरी र वीरगञ्ज जाने यात्रुसँग प्रतिव्यक्ति दुई हजार ५०० देखि  तीन हजारसम्म भाडा लिने गरेको पाइएको छ। जुन तोकिएभन्दा करिब तीन गुणा बढी हो। पक्राउ परेका पाँचै जनालाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त कालीमाटी पठाइएको छ।  गोंगबु बसपार्कमा पनि यात्रु ठग्ने गतिविधिमा कमि आएको छैन। रूकुम जाने यात्रुसँग छ हजारका दरले भाडा लिने रूकुम पश्चिम यातायात प्रालिका कर्मचारी रुकुम सिस्नेरीका गणेश रावल र भागरिराम छिनाललाई पक्राउ गरी थप कारबाहीको लागी प्रहरी प्रभाग नयाँ बसपार्कमा पठाइएको छ।

पूर्व झापा-मोरङ्ग जाने यात्रुसँग जनही तीन हजारदेखि चार हजार ५०० सयसम्म भाडा लिने धनुषाका ४३ वर्षीय कृष्ण देवकोटा, झापा गौरदहका ४२ वर्षीय खड्गबहादुर भण्डारीलाई कोटेश्वरबाट र दोलखा सिंगटी घर भइ भक्तपुर बस्ने वर्ष ३४ का राम सुरेललाई गौशालाबाट पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको छ।

यसअघि चालक सहचालकले पैसा बढी लिएको पाइएकोमा पछिल्लो समय काउन्टरका कर्मचारी तथा बुकिङ्ग स्टाफ नै बढी भाडा असुल्न उद्यत रहेको पाइएको छ। प्रहरीले निषेधज्ञा लागु भएपछि अत्यावश्यक काम विशेष र विदेशबाट आएकासँग आफुखुसी बढी भाडा लिने १६ जनालाई कारबाहीमा परिसकेका छन्। यस्ता गतिविधि भएको पाइएमा तुरुन्त प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गरी सूचना पनि अनुरोध गरिएको छ।

Tags: #ट्राफिक#राससट्राफिक प्रहरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका
FEATURE BREAKING

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका ५ कुनाही गाउँमा खानेपानीको समस्या अझै समाधान भएको छैन । वर्षौँदेखि खोलाखोल्सी र कुवा पँधेरोको...

FEATURE BREAKING

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

इटहरी । बाल यौन दुरुपयोग मुद्दामा हिरासतमा रहेका इटहरीका ६८ वर्षीय थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–४ का...

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३
विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आजको राशिफल – भाद्र २१ गते आइतबार

तपाईँको आजको दिन के कस्तो रहला ? आजको राशिफल

भदौ २४, २०८३
खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

भदौ २३, २०८३

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

भदौ २३, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    287 shares
    Share 115 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.