मोरङ : सेनिटाइजरको कालोबजारी गरेको आरोपमा विराटनगरका दुईवटा र बूढीगङ्गा गाउँपालिकाको एउटा फार्मेसीलाई वाणिज्य कार्यालयले जरिवाना तिराएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा भएको अनुगमनमा बूढीगङ्गा–२ स्थित विज्ञान फार्मेसीलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको हो ।
सो फार्मेसीले रब क्लिन ब्रान्डको एक सय २० एमएलको स्यानिटाइजर ८० रुपैयाँमा खरिद गरेर एक सय ६५ रुपैयाँमा बिक्री गरेको थियो । विराटनगर–२ को यश फार्मेसी र बिनुका फार्मेसीलाई पाँच हजार र २० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
यी फार्मेसीले मास्क र सेनिटाइजर बिलबिनै खरिद र बिक्री गरेको पाइएकोले कारवाही गरिएको हो ।














Discussion about this post