झापा : झापाको बिर्तामोड नगरपालिका–५ डेरा गरी बस्ने भारत घर भएका २५ वर्षीय महमद नसिम आलम र १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । गोरुको मासु बेचबिखन गरेको अभियोगमा उनीहरुलाई सोमबार बिहान पक्राउ गरिएको हो ।
कोठाभित्र गोरुको मासु बेचबिखन गरिरहेको भन्ने खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट गएको प्रहरीले उनीहरुलाई मासु काटी रहेको अवस्थामा १५ किलो ५ सय ग्राम गोरुको मासु सहित फेला पारी पक्राउ गरेको हो ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post