खोटाङ : खोटाङ जन्तेढुंगा गाउँपालिका ५ घोर्लेस्थित तारेभीरबाट अटो (टेम्पु) खस्दा अटोमा सवार सोही स्थानका १३ वर्षीय गोकुल परियारको मृत्यु भएको छ । उनको उपचारको लागि धरानस्थित वीपी प्रतिष्ठान ल्याउने क्रममा साँझ ५ बजे बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनाबाट घाइते हुनेमा टेम्पु चालक जेन्तेढुंगा ४ का ३३ वर्षीय जीवन राई, चालककै छोरा ७ महिनाको जर्मन राई, जेन्तेढुंगा ५ का १६ वर्षीय मणिराम राई, सोही स्थानका ६५ वर्षीय रत्नबहादुर राई रहेका छन् ।
घाइतेमध्ये मणिराम राईको अबस्था सामान्य रहेकोले स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने अन्यलाई वीपी प्रतिष्ठान पठाइएको छ । मंगलबार विहान १० बजे घोर्लेबाट बिरामी बोकेर चिसापानी आउने क्रममा लु १ स ०३५० नम्बरको अटोटेम्पु तारेभीरबाट अन्दाजी पाँचसय मिटर तल खसेको थियो ।
घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी टोली खटि गई घाइतेहरुलाई उद्धार गरि उपचारको पठाएको हो ।



















Discussion about this post