संखुवासभा : संखुवासभाको चिचिला गाउँपालिका ३ पुखुवामा निर्माणाधीन अवस्थामा रहेको अरुण तेस्रो जलबिद्युत आयोजनाको म्याट वान पावर हाउसको सुरुङभित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथिबाट ढुङ्गा खस्दा कामदारको मृत्यु भएको छ ।
आज विहान साढे ८ बजेको समयमा सुरुङ भित्र काम गर्ने क्रममा अचानक ढुङ्गा खस्दा शुक्लाफाँट नगरपालिका १२ कन्चनपुर भर भएका ३७ वर्षीय कृष्ण रानाको घटनास्थलमा नै मृत्यु भएको हो ।
सोही ढुङगाले लाग्दा अर्का कामदार ५० वर्षीय मिठु राना समेत घाइते भएका छन् ।
घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको तथा घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post