तरहरा : आफ्नो जन्मदिनमा तरहराका नूतन लुईँटेलले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।
तरहरा जेसीजका महासचिव तथा नेपाली कांग्रेस इटहरीका नगर सदस्य समेत रहेका उनले आज शुक्रबार आफ्नो जन्मदिनको अवसर पारेर तरहरा प्रहरी चौकीलाई दुई सय थान मास्क, दश थान फेसशिल्ड र पाँच लिटर सेनिटाइजर सहयोग गरेका हुन् ।
त्यस्तै, लिवरल सोसाइटी लाई दुई थान पीपीई, पञ्जा, मास्क, फेसशिल्डसहितको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।














Discussion about this post