इटहरी : छिमेकीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा इटहरीका एक जना पक्राउ परेका छन् ।
छिमेकीलाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा इटहरी –७ बस्ने ३१ वर्षीय बाबुलाल सदालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
सामान्य भनाभनको विवादलाई लिएर बाबुलालले छिमेकी २२ वर्षीय मनुवा सदालाई खुकुरी प्रहार गर्दा गम्भीर थिए । घटना भएको भन्ने जानकारी खबर प्राप्त हुनासाथ प्रहरी चौकी बालग्रामबाट गएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।
गम्भीर घाइते मनुवालाई उपचारको लागि विपी प्रतिष्ठान धरान लगिएको छ । यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post