धरान : धरान १० पुतलीलाईनमा सन्चालित विजयपुर हस्पिटलमा २० बेडको कोभिड अस्पताल सञ्चालनमा आउने भएको छ ।
अहिले कोभिड अस्पतालको तयारी अन्तिम चरणमा पुगेको अस्पताल प्रशासनले जनाएको छ । देशभरका प्रत्येक अस्पतालहरुलाई २० बेडको कोभिड अस्पताल बनाउन नेपाल सरकारको निर्देशन दिएको थियो ।
सोही वमोजिम विजयपुर हस्पिटलमा २० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको धरान उपमहानगरका स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाले सामाजिक विकास मन्त्रालयमा सहयोग तथा समन्वय गर्नेछ ।
यसविषयमा धरान उपमहानगरपालिका र विजयपुर हस्पिटलबिच पटक पटक अनौपचारिक छलफल भएको थियो । हिजो मङ्गलबार भने २० बेडको कोभिड आईसोलेसन कक्ष सञ्चालनमा ल्याउनेबारे लिखितरुपमै निर्णय भएको मेहताले जानकारी दिए ।
विजयपुर हस्पिटलका अस्पताल निर्देशक प्रभाव खतिवडाले विहीबारदेखि २० बेडको कोभिड अस्पताल सञ्चालनमा आउने बताए । अहिले धमाधम काम भईरहेको अस्पताल निर्देशक खतिवडाले जानकारी दिएका छन् ।














Discussion about this post