तरहरा : कोरोना भाइरसको संक्रमण हुन नदिन सुनसरीको धरान उपमहानगरपालिका लक(डाउन गरिएको छ। मङ्गलबार विराटनगर महानगरपालिका पनि लक(डाउन गर्ने निर्णय भएको छ। धरान सोमबारदेखि नै लक(डाउन गरिएको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले बताए।
कोरोना भाइरसको संक्रमण हुने जोखिम बढेकोले धरान उपमहानगरपालिकाले अति आवश्यक बाहेक सवारी साधन नचलाउन र अति आवश्यक बाहेकका पसल कलकारखाना, व्यापारिक कारोबार बन्द गर्न नगरबासीमा आव्हान गरेको छ।
लक(डाउन पछि धरानमा निजी तथा सार्वजनिक सवारीका साधन चलेका छैनन्।
Discussion about this post