मोरङ : मोरङको पथरी शनिश्चरे नगरपालिका ८ मंगलबारेका २७ वर्षीय बिनोद पाण्डेको माछा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
शनिबार बेलुका ६ बजे कानेपोखरी ६ स्थित हेरिका निर्माण सेवा प्रालिको माछा पोखरीमा डुबेर बेपत्ता भएको खबर प्राप्त भए लगत्तै इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोली तथा स्थानीयको सहयोगमा खोजतलास गर्दा आज बिहान १० बजे पाण्डे मृत अवस्थामा फेला परेका हुन् ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post