इटहरी : जबरजस्ती करणी गरेको आरोपमा सुनसरीबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामधुनी ८ घर भई हाल ईनरुवा ३ मा कोठाभाडामा बस्दै आएका ३५ वर्षीय पुरुष रहेका छन् ।
आफ्नी श्रीमतीको पहिलो श्रीमान पटिकी कान्छी छोरी आमालाई भेट्न भनेर आमा संगै करीब सातादिन देखि संगै बस्दै आएकी थिइन ।
जेठ ५ गते राति आमा निदाएको मौका पारेर उनले नौ वर्षीया ती बालिकालाई जबरजस्ती करणीको प्रयास गरेका थिए ।
घटनापश्चात फरार रहेका निज आरोपितलाई जेष्ठ ९ गते बिहान प्रहरी चौकी डुम्राहाको टोलीले ईनरुवा ८ बङकुल्वा पूर्वी टोलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि मुलुकी अपराध संहिता ऐन २०७४ बमोजिम म्याद थप गरी अनुसन्धान प्रकृया सुरू गरिएको प्रहरीले जनाएको छ ।














Discussion about this post