इटहरी / इटहरीमा पीसीआर परीक्षणको दायरा बढाइएको छ । इटहरी उपमहानगरपालिकामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सँगको सहकार्यमा दैनिक सयजना बढिको परीक्षण सुरु गरिएको छ ।
पीसिआर र एन्टिजेन परीक्षणको दायरा वढाएर दैनिक तीन सयको परीक्षण गर्ने गरि तयारी गरिएको उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले जानकारी दिएका छन् ।
दैनिक सय वढिको स्वाव संकलन गरि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्नका लागि गरिएको उपमहानगरको प्रस्ताव अनुरुप दैनिक सय बढिको पीसीआर परीक्षण सुरु गरिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । आज पीसीआर र एन्टिजेन्ट गरि १ सय १० जनाको स्वाव पठाइएको छ । प्रत्येक दिन विहान ७ वजे स्वास संकलन गरि वेलुका रिर्पोट आउने गरि तयारी प्रतिष्ठान सँग आग्रह गरिएको छ ।
उपमहानगरले परीक्षणका लागि रिएजेन्ट र आवश्यक समाग्रीको न्यूनतमा शूल्क भूक्तानी गर्ने गरि प्रतिष्ठानसँग सहमति गरेको हो । उपमहानगरले निशूल्क परीक्षण गर्दै आएको छ । यसअघि स्वास संकलन गरेर प्रदेश ल्यावमा पठाइदै आएको थियो । प्रदेश ल्यावमा पनि परीक्षणको दायरा बढाएर दैनिक सय पुर्याउन समन्वय भइरहेको छ ।
परीक्षणका लागि थप प्रयोगशालाकर्मीको व्यवस्था गरिएको जनस्वास्थ्य निरिक्षक रामकुमार धमलाले जानकारी दिएका छन् । उनका अनुसार अहिले पाँच जनाको टोलीले स्वाव संकलनको कार्य गरिरहेको छ । यसअघि तीन जनाले गर्दै आएकोमा दुईजना संक्रमित भएर आइसोलेसनमा छन । इटहरी अस्पताल,खनार स्वास्थ्यचौकी र दुईजना अन्यन्त्रबाट व्यवस्था गरि पाँच जनाको टोलीले स्वाव संकलन गरिरहेका छन ।
यसै बीच इटहरी उपमहानगर एन्टिजेन परीक्षणका लागि समुदायस्तरमा पुग्न थालेको छ । आज इटहरी २ शान्तिनगरमा पुगेर ३७ जनाको परीक्षण गर्दा सात जनामा पोजेटिभ पाइएको छ । यसअघि इटहरी वडा नम्वर ३ को सूनौलो टोलमा दुई पटक एन्टिजेन परीक्षण गरिएको छ । जोखिम क्षेत्रमा क्रमस परीक्षण गरिने उपमेयर गौतमले बताएकी छिन् । उपमहानगरले कोरोना रोकथाम र नियन्त्रणका लागि कन्ट्राक ट्रेसिङ्ग, आइसोलेसनको व्यवस्था र उपचारको रणनीति लिएको छ ।













Discussion about this post