विराटनगर : विराटनगरको नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले कोरोनाका नयाँ बिरामीको भर्ना लिन बन्द गरेको छ । अक्सिजन अभाव भएपछि नयाँ बिरामीको भर्ना बन्द गरेको नोबेल अस्पतालले जनाएको छ ।
अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार नोबेलमा हाल १७५ जना संक्रमित उपचाररत छन् । ती संक्रमितको लागि एक रातमा १८० सिलिण्डर चाहिन्छ । अक्सिजन अभाव हुँदा भर्ना भएका संक्रमितको उपचारमा समस्या भएपछि नयाँ भर्ना रोकिएको उनले बताए ।
नोबेललाई आवश्यक अक्सिजन सुनसरीको खनारमा रहेको पाथीभरा र मोरङको बूढीगंगामा रहेको हिमाल अक्सिजन उद्योगले आपूर्ति गर्दै आएको थियो । हाल दुवै उद्योगको उत्पादनमा समस्या भएको छ ।












Discussion about this post