मोरङ : मोरङ सुनवर्षी नगरपालिका ४ स्थित जागीटोल बस्ने बलबहादुर ताजपुरीयाको ८ वर्षीया छोरी सन्तोषी ताजपुरियाको घर पछाडिको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
शनिबार बेलुका पानीको खाल्डोमा डुबेको निजकै आमाले देखेपछि तत्काल पानीबाट निकालेर घरमा ल्याउने क्रममा मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post