विराटनगर : विराटनगरको न्यूरो अस्पतालले सञ्चालन गरेको मदर एन्ड चाइल्ड अस्पतालले कोरोना सङ्क्रमित महिलाको प्रसूति गराएको छ ।
अस्पतालकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. शुभद्रा अग्रवाल नेतृत्वको टोलीले कोरोना सङ्क्रमित ३३ वर्षीय महिलाको प्रसूति गराएको हो ।
कोरोना पोजेटिभ देखिएपछि मोरङ सहकारी अस्पतालले भर्ना नलिएपछि मदर एन्ड चाइल्ड अस्पताल लगिएको श्रीमान् पङ्कज कर्णले बताए ।
‘प्रसूतिपछि आमाबच्चा दुवैको अवस्था ठिक छ,’ उनले भने, ‘अस्पताल प्रशासनले चाँडै सेवा दियो ।’














Discussion about this post