इटहरी : औषधी कालोबजारी गर्ने मोरङ विराटनगर १५ रानीस्थित जनता मेडिकल स्टोर संचालन गरी सोही स्थान बस्ने ३५ वर्षीय रवि कुमार रजकलाई पक्राउ गरिएको छ ।
आइतबार दिउँसो साढे १ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो ।
उनको घरबाट फिजिसियन स्याम्पलका औषधीहरु, मुटु सम्बन्धीका औषधीहरु, पेनकिलर, एन्टिबाईटिक, ईन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधीहरु र सेनीटाईजर लगायत ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधीको खोलहरु बरामद गरेको हो ।
उनले औषधीहरु भण्डारण गर्ने र कालोबजारी गरी झुक्याई बिक्री बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेसंगै कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post