इटहरी : सुनसरी र इलाममा आज बिहान भएको सवारी दुर्घटनाबाट दुईजनाको मृत्यु भएको छ ।
सुनसरी बराहक्षेत्र नगरपालिका १० दाजुभाई चौकमा दक्षिणतर्फ जाँदै गरेको को २ त ८१८७ नम्बरको ट्याक्टरमा सवार रहेका सहचालक खोटाङ साकेला गाउँपालिका १ डाँडागाँउका २२ वर्षीय विष्णुकुमार बस्नेत अचानक लड्दा पछाडिको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको छ ।
ट्याक्टर र चालक बराहक्षेत्र नगरपालिका १० दाजुभाई चौकका ४५ वर्षीय भीमबहादुर कार्की इलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा रहेका छन् ।
त्यस्तै, इलाम नगरपालिका ११ आले चोक स्थित भित्री सडक खण्डमा बिर्तामोडबाट जितपुरतर्फ जादैँ गरेको ना २ ख ९२०५ नम्बरको ट्रकले सोही स्थान बस्ने पैदलयात्री ८२ वर्षीय पदमबहादुर तामाङलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
ट्रक र चालक पाँचथर हिलिहाङ ७ का २३ वर्षीय चन्द्रबहादुर तामाङ प्रहरी चौकी चिसापानी इलामको नियन्त्रणमा रहेका छन् ।














Discussion about this post