विराटनगर : विराटनगर महानगरपालिका ४ एयरपोर्ट रोडमा कार दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।
बिहीबार बेलुका प्रदेश ३–०१०२२ च २१३९ नम्बरको कारले दुईजना पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
मृत्यु हुनेमा विराटनगर–४ मा रहेको न्यू एभरेस्ट फर्निचरमा काम गर्ने भारत कटिहार घर भएका ३५ वर्षीय मुकेश शर्मा रहेका छन् । आज बेलुका ७ः३५ बजे भएको दुर्घटनामा परेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, सोही स्थानमा काम गर्ने कटहरी गाउँपालिका–२ का २७ वर्षीय रामकुमार राजवंशी गम्भीर घाइते भएका छन् ।
उनको नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post