झापा : झापामा जेठभर निषेधाज्ञा थप गरिएको छ । पहिलोपटक वैशाख २२ गते मध्ये रातिबाट जारी गरिएको निषेधाज्ञा पाँचौ पटक थप गरिएको हो । जिल्ला प्रशासन कार्यालय झापाले आज एक सूचना जारी गरी जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा संक्रमण नियन्त्रणमा आइनसकेकाले निषेधाज्ञा थप गरिएको बताइएको छ ।
यसअघि औषधि पसल बाहेक अन्य पसल बन्द गरिएको भएपनि अब भने हप्ताको दुई दिन आइतबार र बुधबार बिहान ६ देखि ९ बजेसम्म खाद्यान्न, तरकारी, फलफुल, मासु तथा दूध डेरीका पसल खोल्न दिने निर्णय गरेको छ ।




















Discussion about this post