इटहरी : सुनसरीको साहेबगञ्जबाट स्रोत नखुलेको १४ लाख २५ हजार रुपैँयासहित दुईजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको देवानगञ्ज गाउँपालिका ५ घर भएका बिनोद कुमार साह र रोशन साह रहेका छन् । सशस्त्र प्रहरीको साहेबगञ्ज बिओपीको टोलीले चेकजाँचको क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण सुनसरीका प्रमुख एसपी माधव प्रसाद पौडेलका अनुसार मोटरसाइकलमा सवार उनीहरुले स्रोत नखुलेको रकम बोकेको पाइएपछि पक्राउ गरिएको हो ।
सशस्त्रले पक्राउ परेकाहरुको साथबाट विभिन्न बैंकका खाली भौचर समेत फेला परेको जनाएको छ ।
पक्राउ परेका व्यक्तिसहित उनीहरु सवार प्र ०१–०२०४० प ५४९९ नम्बरको मोटरसाइकल र नगद रकम भन्सार कार्यालयमा बुझाइएको सशस्त्रले जनाएको छ ।












Discussion about this post