पाँचथर : पाँचथरको फिदिम नगरपालिका ४ मा सोमबार राति किरियामा बसेका आमा–छोरासहित तीन जना आगोले जलेर घाइते भएका छन् ।
हिजो (सोमबार) दिउँसो नै मृत्यु भएका भगीरथ सापकोटाको किरियापुत्री बसेको ठाउँमा ग्यास लिक भएर आगो लागेको प्रहरीले जनाएको छ । आगोले जलेर भगीरथकी श्रीमती ७२ वर्षीया चनमाया, छोराहरु ४९ वर्षीय दिनानाथ र ३२ वर्षीय मदन सापकोटा घाइते भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार किरियापुत्री बसेका ठाउँमा राति ८ः४० बजेतिर ग्यास लिक भएर आगो लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घाइते भएका तीनै जनाको अवस्था गम्भीर छ ।
उपचार सम्भव नभएपछि उनीहरुलाई जिल्ला अस्पताल पाँचथरले थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरेको छ ।














Discussion about this post