सुनसरी : सुनसरीको छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर २ जना बालिकाहरुको मृत्यु भएको छ ।
आईतबार बेलुका ईनरुवा नगरपालिका ७ का प्रदिप दनुवारको २ बर्षीया छोरी प्रसंसा दनुवार खेल्ने क्रममा घर अगाडी रहेको नहरमा डुबेर उपचारको लागी बिराट मेडिकल कलेज मोरङ पुर्याउदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरि आईतबार नै सुनसरीकै बराहक्षेत्र नगरपालिका ५ ठिकि टोल का भरत अधिकारीको १८ महिनाकी छोरी आश्मा अधिकारी आफ्नै घर छेउमा खेल्ने क्रममा बाल्टिनको पानीमा डुबेर बेहोस भई घोपा धरानमा उपचारको क्रममा बेलुका मृत्यु भएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी जनाएको छ ।














Discussion about this post