इटहरी : सुनसरीमा बालिका बलात्कार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जेठ ३ गते १५ वर्षीया बालिकालाई करणी गरी फरार रहेका जिल्ला सुनसरी इनरुवा नगरपालिका ९ वस्ने वर्ष ३४ को प्रमोद मेहतालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रतिवादी मेहता ती बालिकालाई करणी गरी फरार रहेका थिए । खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले असार १ गते (आज) गढी गाउँपालिकाबाट पक्राउ गरेको हो ।
उनीमाथि जेठ २४ गते जबरजस्ती करणी सम्बन्धी मुद्धा दर्ता भई सुनसरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।














Discussion about this post