मोरङ : मोरङको सुन्दरहरैँचा नगरपालिका ३ गछियाबाट खसी चोरी गरेर लैजादैँ गरेको अवस्थामा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
गछियाका जीवन खड्काको बाख्रा खोरबाट करिब ३० केजीको सेतो र १८ केजीको कालो रंगको खसी चोरी भएको थियो ।
घटनाबारे इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले खोजी गर्दा सुन्दरहरैँचा ७ का २७ वर्षीय डम्बर कटुवाललाई प्रहरीले पक्राउ गरेको हो । कटुवाललाई सुन्दरहरैँचा ८ बाट प्रहरीले खसीसहित नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका उनीमाथि चोरी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post