संखुवासभा : संखुवासभा खाँदबारी नगरपालिका ४ मा सेफ्टी ट्यांकीमा लडेर दुईजनाको मृत्यु भएको छ ।
स्थानीय नरेश गुरुङको घरमा नया ट्वाईलेट बनाउँदा ढलानको सेटिङ खोल्ने क्रममा अचानक सेफ्टीटेङकीमा खसेर दुईजना मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा खाँदबारी ५ का ३७ वर्षीय ताराबीर गुरुङ र खाँदबारी ४ का २४ वर्षीय ईश्वर बहादुर राई रहेका छन् ।
सेफ्टी ट्यांकीमा खसेर गम्भीर घाइते भएका उनीहरुको तत्कालै उद्धार गरि उपचारको लागि जिल्ला अस्पताल खाँदबारीमा लगेकोमा उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post