बराहक्षेत्र : बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ नडाहाका केही सक्रिय युवाहरूको समुहले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन्।
पीडितलाई राहत संकलन गर्न खटिएको तेजबहादुर पुरी (सन्तोष) नेतृत्वको टोलिले ९१ हजार ५ सय १५ रुपैँया नगद सहयोग गरेको हो।
उनको टोलीले सहयोग संकलनमा नेपाल दशनामी समाज भरौल द्वारा २९ हजार ९ सय २५, स्थानीय समाजसेवी तथा छिमेकीहरु बाट ४७ हजार ३ सय ३० र नेपाली कांग्रेस बराहक्षेत्र ३ वडा कार्यसमिति बाट १४ हजार २ सय ६० सहयोग प्राप्त थियो । राहत सहयोग संकलनमा सन्तोष सहित महेन्द्र गिरी, कमला थापा, सुबास पुरी, जीवन कार्की र निरबहादुर पुरी रहेका छन्।
उक्त सहयोग रकम स्थानीय बुद्धिजीवी, समाजसेवी र बराहक्षेत्र ३ का वडाध्यक्ष रुद्र बहादुर दाहालको उपस्थितिमा हस्तान्तरण गरिएको थियो।
पीडितलाई यसअघि वडाले २ वटा पाल सहयोग स्वरुप प्रदान गरिसकेको वडाध्यक्ष दाहालले जानकारी दिए ।
गत फागुन ५ गते स्थानीय सुमन गिरी (प्रबिण) को घरमा बिद्युत् सर्ट भइ आगलागी भएको थियो।
आगलागी बाट घर नजिकै रहेको ब्रोइलर कुखुराको खोरमा रहेका २५ वटा कुखुरा, चारो, लत्ताकपडा, चामल लगायतका सामाग्री जलेर नस्ट भएको थियो ।
कोशी प्रदेशका २८ मध्ये १७ सिट जितेको रास्वपाले समानुपातिकमा कति मत पायो ?
इटहरी : कोशी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमध्ये १७ वटा सिट प्रत्यक्षमा जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकमा पनि सबैभन्दा...














Discussion about this post