विराटनगर : विराटनगर १५ भट्टाचोकमा निर्माणाधीन बजरङवली मन्दिरमा काम गर्ने भारतीय मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत जोगबनी हाजिमहला घर भइ हाल विराटनगर १७ रानी बस्तीमा डेरा गरी बस्ने २५ वर्षीय तावारुल आलम रहेका छन् ।
आज दिउँसो १ बजे रड बान्ने तार काट्ने क्रममा तार काटने मेसिनबाट करेन्ट लागेर गम्भीर घाईते भएका आलमको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post