Wednesday, August 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

बलात्कार आरोपितलाई पक्रन असफल सुनसरी प्रहरी, प्रहरीको भूमिकामाथि नै प्रश्नचिह्न !

डीएसपी भन्छन्, प्रहरी चुप लागेर बसेको छैन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ११, २०७८
in टाकुरा विशेष, समाचार
0
आफ्नै साथीको हत्या गरि फरार रहेका सुनसरीका कुमार १३ वर्षपछि पक्राउ
1.4k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : गत १७ वैशाखमा सुनसरीको इनरुवा १ स्थित एक बिहे घरमा गएकी बालिका बलात्कार आरोपितलाई पक्रन सुनसरी प्रहरी असफल भएको छ ।

पीडितले प्रहरीकहाँ उजुरी दिएपनि सुनुवाई नभएपछि समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशनपछि प्रहरीले चासो देखाएपनि हालसम्म बलात्कारका आरोपितलाई पक्राउ गर्न सकेको छैन । बालिकालाई एक हजार रुपैँयाको नोट देखाएर स्थानीय अन्दाजी ३० वर्षीय बिजय साहले विवाह घर भन्दा केही पर लगेर जबरजस्ती बलात्कार गरेको पीडितको उजुरीमा उल्लेख छ ।

पीडक युवकका आफन्त, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेताहरुले प्रहरीलाई उजुरी नलिन र घटना ढाकछोप गर्न लागि परेका कुरा समेत खुलेपछि प्रहरीको भूमिका शंकास्पद देखिएको समाचार बाहिरिएसँगै प्रहरीले घटनाको विषयमा चासो लियो । तर, घटना भएको झण्डै दुई महिना बित्न लाग्दा समेत आरोपित साहलाई पक्राउ गर्न नसक्नुले प्रहरीको भूमिकामाथि नै प्रश्नचिह्न खडा भएको छ ।

स्थानीय पुकार चौधरी भन्छन्, ‘घटना भएलगत्तै पटक–पटक पैसामा मिल्न, घटना गाउँमै मिलाउन दबाब दिइएको थियो, स्थानीय नेताहरुकै अगुवाईमा भएको यस्तो किसिमको व्यवहारले पीडित झनै लाचार हुने अवस्था आयो ।’

घटना भएको दुई महिना वित्न लाग्दा समेत आरोपितलाई प्रहरीले पक्राउ गर्न नसक्नुले प्रहरीको भूमिकामाथि प्रश्नचिह्न खडा भएको उनले बताए ।

‘लकडाउनको समयमा भएको घटनामा पीडित कहाँ, कसरी भाग्छ,’ चौधरीले प्रश्न गर्दै भने, ‘कसैको मिलेमत्तो नभई पीडक त्यसरी भाग्नै सक्दैन, यसरी हेर्दा पनि प्रहरीको भूमिका शंकास्पद देखिन्छ ।’

उनका अनुसार घटना भएकै दिनबाट आरोपित बिजय साह घरमा छैनन् ।

पीडित बालिकाकी आमा र दिदी छन्, बुबा सानैमा बितेका कारण बोल्न सक्ने कोही मानिस नहुँदा अहिले न्यायका लागि छटपटाइरहेको स्थानीले बताउँदै आएका छन् ।

उता, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेन्द्र कार्कीले भने प्रहरी चुप लागेर नबसेको प्रतिक्रिया दिए ।

‘आरोपित व्यक्ति भागिरहेको छ, हामीले हुलिया सार्वजनिक गरेर खोजी कार्य गरिरहेका छौँ, पुलिस चुप लागेर बसेको छैन,’ कार्कीले फोन सम्पर्कमा टाकुरासँग भने, ‘यो गम्भीर केस भएकाले हामी आफैँ पनि संवेदनशील छौँ, प्राथमिकतामै राखेर संभावित एरियामा सबैतिर खोजी गरिरहेका छौँ ।’

आरोपित व्यक्ति आँखा अगाडि आओस् अनि प्रहरीले पक्रिन्छ भन्ने किसिमको प्रस्तुति भयो नि ? भन्ने प्रश्नमा डीएसपी कार्कीले भने, ‘हामी त्यसरी बस्नेभए कुनैपनि केसका मानिस पक्राउ पर्दैन थिए, इन्सपेक्टर साबको नेतृत्वमा टोली गठन गरी खोजी भइरहेको छ ।’

उनका अुनसार इन्सपेक्टर सुवास भट्टराईको नेतृत्वमा टोली गठन गरी खोजी कार्य भइरहेको छ ।

घटना भएको झण्डै दुई महिना बित्न लाग्दा समेत प्रहरीले पक्राउ गर्न नसक्नु र लकडाउनको समयमा आरोपित कसरी भाग्यो भन्ने प्रश्न उब्जिएकाले प्रहरीको भूमिकामाथि नै प्रश्नचिह्न खडा भएको छ ।

‘लकडाउनमा नभाग्नुपर्ने भन्ने किसिमको कुरा आउनु ठीकै हो,’ डीएसपी कार्की भन्छन्, ‘हामीले टेक्निकल रुपमा पनि यो केसलाई हेरिरहेका छौँ, अहिले सिभिलमा प्रहरी खटाएर आरोपितको खोजी भइरहेको छ ।’

सुनसरीमा बलात्कार आरोपीलाई जोगाउन चलखेल, प्रहरीको भूमिका शंकास्पद

Tags: #बलात्कार#सुनसरी#सुनसरी प्रहरीटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ
विविध

ब्राउनसुगरसहित इटहरीका दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन २०, २०८३
0

इटहरी : सुनसरीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका–५ जनता...

विविध

झापा : भन्सार छली गरी भण्डारण, २५ लाख मूल्य बराबरका सामान बरामद

by रासस
साउन २०, २०८३
0

झापा : झापाको मेचीनगर नगरपालिका-७ को एक घरबाट प्रहरीले करिब रु २५ लाख मूल्य बराबरको भन्सार छलीका अवैध सामान बरामद...

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

सोलुखुम्बुमा न्वारन पूजाको विवादमा नातिले गरे हजुरबुबाको हत्या

साउन २०, २०८३
पूर्वमा खेती खुम्चिँदा उद्योगलाई विदेशी जुटको भर

पूर्वमा खेती खुम्चिँदा उद्योगलाई विदेशी जुटको भर

साउन २०, २०८३
एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने

सार्वजनिक स्थानका जातीय तथा धार्मिक झण्डा हटाउन सुनसरी प्रशासनको अपिल

साउन २०, २०८३
सुनसरी–सिरहा घटना मृतकका परिवारलाई क्षतिपूर्ति र राहत दिने मन्त्रिपरिषद्को निर्णय

सुनसरी–सिरहा घटना मृतकका परिवारलाई क्षतिपूर्ति र राहत दिने मन्त्रिपरिषद्को निर्णय

साउन २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

ब्राउनसुगरसहित इटहरीका दुई जना पक्राउ

साउन २०, २०८३

झापा : भन्सार छली गरी भण्डारण, २५ लाख मूल्य बराबरका सामान बरामद

साउन २०, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

सोलुखुम्बुमा न्वारन पूजाको विवादमा नातिले गरे हजुरबुबाको हत्या

साउन २०, २०८३
पूर्वमा खेती खुम्चिँदा उद्योगलाई विदेशी जुटको भर

पूर्वमा खेती खुम्चिँदा उद्योगलाई विदेशी जुटको भर

साउन २०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.