इटहरी : प्रदेश १ सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा बुधबारसम्म ११ करोड रुपैयाँ संकलन भएको छ । १० करोड रुपैयाँ जम्मा गरेर प्रदेश सरकारले स्थापना गरेको उक्त कोषमा सामाजिक संघ संस्था, बैंक, वित्तीय संस्था र व्यक्तिले एक करोड ९४ हजार रुपैयाँ जम्मा गरेका हुन् ।
कोषमा मन्त्रिपरिषद्का सदस्य र राज्यमन्त्रीले एक महिनाको पारिश्रमिक जम्मा गरेका छन् भने प्रदेश संसदले १५ दिनको पारिश्रमिक जम्मा गरेका थिए । उनीहरुको एकमुष्ट रकम २२ लाख ३० हजार हुन्छ । यस्तै प्रदेशसभाका सभामुख र उपसभामुखले एक महिनाको पारिश्रमिक स्वरुप एक लाख २१ हजार कोषमा जम्मा गरेका छन् ।
Discussion about this post