धरान : धरान १ पुरानो बजारबाट प्रतिबन्धित औषधि सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान ९ का ३० बर्षीया आस्मा खातुन र धरान २ का ३५ बर्षीय मुन्ना प्रसाद मण्डल रहेका छन् ।
हिजो बेलुका खातुनले प्रतिबन्धित औषधिको कारोबार गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट गएको प्रहरी टोलीले धरान १ पुरानो बजारमा रहेको खातुनको कोठामा खातुन सहित मण्डललाई फेला पारी खानतलासी गर्दा मण्डलको साथबाट Spasmo-proxyvon®plus १८ पत्ता १४४ क्याप्सुल र खातुनको कोठामा लुकाई राखेको Spasmo-proxyvon®plus ३०६ पत्ता २४४८ क्यापसुल फेला पारेर दुवै जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।













Discussion about this post