इटहरी : इटहरीमा कारको ठक्करबाट एकजनाको मृत्यु भएको छ । शुक्रबार राति ८ बजेर ४५ मिनेटमा भएको कार दुर्घटनामा एकको मृत्यु भएको हो ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्माका अनुसार इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको बा १० च ५५७३ नं. को कारले इटहरी १२ खनारमा पैदलयात्रीलाई ठक्कर दिदाँ इटहरी ११ बस्ने अन्दाजी ५२ वर्षीया गंगा ढकालको मृत्यु भएको हो । ठक्करबाट ढकाल गम्भीर घाइते भएकी थिइन् ।
प्रहरीका अनुसार उपचारका लागि कोशी अंचल अस्पताल विराटनगर लगिएकोमा राति साढे १० बजे मृत्यु भएको हो ।
कार चालक फरार रहेका छन् भने कार प्रहरी चौकी खनारको नियन्त्रणमा रहेको एसपी शर्माले जानकारी दिए । उनका अनुसार तीब्र गतिमा रहेको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।














Discussion about this post