Sunday, June 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

यातायात कार्यालय ‘सेटिङ’ मा सार्न लागिएकोमा व्यवसायीहरूको आपत्ति

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १२, २०७८
in टाकुरा विशेष, विविध, समाचार
0
यातायातका कर्मचारीको ‘सेटिङ’ विरुद्ध अख्तियारसहित मन्त्रीलाई उजुरी (पत्रसहित)
540
SHARES
Share on FacebookShare on Twitter

इटहरी : यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र कोसी, इटहरीले घरभाडामा कमिसनको ‘सेटिङ’ नमिलेका कारण लकडाउन अवधीकै बीचमा कार्यालय सार्ने तयारी अघि सारेपछि ड्राइभिङ व्यवसायीहरुले आपत्ति जनाएका छन् ।

शनिबार इटहरीमा ड्राइभिङ स्कुल संघ प्रदेश १ ले पत्रकार सम्मेलन गर्दै यातायात कार्यालय ‘सेटिङ’ मा सार्न लागिएको भन्दै आपत्ति जनाएका हुन् ।

संघका प्रदेश १ अध्यक्ष बाबुराम प्रधानले पटक–पटक कार्यालय सारिनु आपत्तिको विषय रहेको बताए । ‘ठूलो लगानीमा यातायात कार्यालयको आफ्नै भवन बन्दैछ, प्रदेश निर्देशनालयले गरेको निर्णयमा हाम्रो आपत्ति छ,’ प्रधानले पत्रकार सम्मेलनमा भने, ‘हाम्रो व्यवसाय नवीकरण नगरीकन व्यवसायी क्षेत्र नै धराशयी बनेको अवस्था छ ।’

यातायात कार्यालयको इटहरी १० मा आफ्नै भवन बन्दैछ । तर, पहिलै भवन खोजेर सूचना प्रकाशित गरिनुले अर्को आपत्तिको विषय रहेको उनले बताए । उनले भने, ‘आफ्नै भवन एकवर्षभित्र बनिसक्ने सम्झौता छ, अहिले आएर बर्खा लाग्यो भनेर ठेकेदारले पन्छिन मिल्दैन, ठेकेदारलाई बर्खा आउँछ भन्ने थाहा हुँदैन, सबैतिर चलखेल नै छ ।’

अहिले ठेकेदारले कार्यालयको भवन बन्न समय लाग्ने भन्दै पन्छिने गरेकाले मन्त्रालयदेखि ठेकेदारसम्म नै आर्थिक चलखेल हुनसक्ने उनको दाबी छ ।

यातायात कार्यालयका क्षेत्रीय निर्देशक भीम गौतम र कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटा तथा अन्य कर्मचारीको समेत संलग्नतामा मनखुशी काम भएको व्यवसायीहरुको ठम्याईँ छ ।

शनिबार पत्रकार सम्मेलन गर्दै यातायात व्यवसायी ।

यातायात कार्यालयले ६ लेन सडक विस्तारको क्रममा बाधा हुने भएकाले पार्किङको ठाउँ समेत नरहेको उल्लेख गरेपनि तत्काल अन्यत्र कार्यालय सार्नुपर्ने आवश्यकता नरहेको संघका सुनसरी–मोरङ अध्यक्ष शिव श्रेष्ठले बताए ।

‘कार्यालयको आफ्नै भवन बनिरहेको समयमा इटहरी ८ मा सूचना प्रकाशित गर्नु अगावै भवन खोजेर यातायात सार्न खोजिएको छ,’ श्रेष्ठले भने, ‘भवनको नक्सा पास समेत छैन, केही सीमित व्यक्तिहरुले आँफूखुशी गरेर हुँदैन ।’

कार्यालयले हनुमान कन्ट्रक्सनसँग ०७८ पौष मसान्तसम्ममा आफ्नै भवन सक्नेगरी सम्झौता समेत गरेको थियो । तर, हाल त्यो अवधीमा काम नसकिने भन्दै ठेकेदार स्वयम् पन्छिने गरेको व्यवसायीहरुले बताएका छन् ।

कमिसनको ‘सेटिङ’ नमिल्दा यातायात व्यवस्था विभागले लकडाउनका बीच नै सम्झौता नसकिदैँ कार्यालय सार्ने सूचना प्रकाशित गरेको र त्यस सन्र्दभमा यसअघि समाचार प्रकाशित भएपछि व्यवसायीहरुले प्रदेश १ सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री अमिरबाबु गुरुङसहित जिल्ला प्रशासन सुनसरी र अख्तियार इटहरीमा उजुरी उजुरी गरेका थिए ।

कार्यालयले सूचना अगावै घर खोजेर कार्यालय सार्ने तयारी पूरा गरेपछि जेठ ११ गते घरभाडासम्बन्धी सूचना जारी गरेको थियो ।

यता, यातायात व्यवस्था विभागले भने हाल कार्यालय रहेको क्षेत्रमा दुर्घटना भएको, ६ लेन सडकले पत्र काटेको तथा कार्यालयको भवन बनाउने जिम्मा लिएको हनुमान कन्ट्रक्सनले ०७८ पौष मसान्तसम्ममा भवन निर्माण गरिनसक्ने भन्दै विवरण उपलब्ध गराएका छन् ।

विवरणको मिति अनुसार हनुमान कन्ट्रक्सनले जेठ ३० गते, १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालयले जेठ ३० गते र रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक योजनाले जेठ २७ गतेको मितिमा यातायात कार्यालयलाई पत्र काटेका छन् ।

सूचना प्रकाशित भएको झण्डै २० दिनपछि मात्रै यसरी पत्र काटिनुले त्यहीँ पनि शंका उत्पन्न हुने यातायातकै एक कर्मचारीले बताए । ठूलो ‘सेटिङ’ मा कार्यालय सारिन लागेको उनको भनाइ थियो ।

यातायात कार्यालयको आलोचना हुन थालेपछि यातायातकै कर्मचारीहरुले माथि उल्लेखित पत्र लेख्न लगाइएको स्रोतको दाबी छ ।

यो पनि – यातायातका कर्मचारीको ‘सेटिङ’ विरुद्ध अख्तियारसहित मन्त्रीलाई उजुरी (पत्रसहित)

यो पनि – कमिसनको ‘सेटिङ’ नमिल्दा यातायात कार्यालय सार्ने तयारी

Tags: #इटहरी#यातायात व्यवस्था विभागअनियमितताकमिसनटाकुरा विशेषसवारी चालक अनुमति पत्रसेटिङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले
विविध

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३१, २०८३
0

भोजपुर जिल्लाकाे भोजपुर नगरपालिकास्थित पर्यटकीय क्षेत्र सुन्तले । यो स्थल भोजपुर सदरमुकामबाट करिव १० किलोमिटर दुरीमा पर्दछ । तस्बिर :...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय
FEATURE BREAKING

झापामा मानव–हात्ती द्वन्द्व : दोहोरियो मृत्यु, समाधान अझै भएन

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३१, २०८३
0

झापा : झापामा मानव–हात्ती द्वन्द्वले फेरि एक जनाको ज्यान लिएपछि स्थानीयवासीको आक्रोश वन्यजन्तुतर्फ नभई समस्या समाधान गर्न नसकेका निकायहरूप्रति केन्द्रित...

इटहरीबाट बराहक्षेत्र गएका मामा–भाञ्जालाई सप्तकोशी नदीले बगायो, भाञ्जालाई बगाएछि मामा बचाउन गएका थिए

आस्थाको यात्रामै मोरङका धर्मप्रसादको जीवनयात्रा टुंगियो

जेष्ठ ३१, २०८३
ज्याला वृद्धिको माग गर्दै चिया श्रमिकले गरे प्रदर्शन

भारतीय बजारमा नेपाली चिया रोकावट, किसानको भान्सा संकटमा

जेष्ठ ३१, २०८३
हात्तीबाट बाली जोगाउन विकल्प खोज्दै झापाका किसान

झापामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

जेष्ठ ३१, २०८३
‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

जेष्ठ ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

जेष्ठ ३१, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा मानव–हात्ती द्वन्द्व : दोहोरियो मृत्यु, समाधान अझै भएन

जेष्ठ ३१, २०८३
इटहरीबाट बराहक्षेत्र गएका मामा–भाञ्जालाई सप्तकोशी नदीले बगायो, भाञ्जालाई बगाएछि मामा बचाउन गएका थिए

आस्थाको यात्रामै मोरङका धर्मप्रसादको जीवनयात्रा टुंगियो

जेष्ठ ३१, २०८३
ज्याला वृद्धिको माग गर्दै चिया श्रमिकले गरे प्रदर्शन

भारतीय बजारमा नेपाली चिया रोकावट, किसानको भान्सा संकटमा

जेष्ठ ३१, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.