Sunday, June 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

कमिसनको ‘सेटिङ’ नमिल्दा यातायात कार्यालय सार्ने तयारी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २०, २०७८
in टाकुरा विशेष, समाचार
0
कमिसनको ‘सेटिङ’ नमिल्दा यातायात कार्यालय सार्ने तयारी

कार्यालयको हाल बस्दै आएको भवन ।

2.7k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र कोशी, इटहरीले घरभाडामा कमिसनको ‘सेटिङ’ नमिलेका कारण लकडाउन अवधीकै बीचमा कार्यालय सार्ने तयारी गरेको छ ।

यातायात कार्यालयका कर्मचारी कमिसन, भ्रष्टाचार र दलालीमा बिक्ने गरेको यसअघि पटक–पटक समाचारहरु बाहिरिदैँ आएका छन् । यसैबीच लकडाउनकै समयमा घरभाडा सम्झौताको म्याद अगावै एक सूचना जारी गरेर घरभाडा सार्ने तयारी गरिएको हो ।

यातायात व्यवस्था विभागका क्षेत्रीय निर्देशक भीम गौतमको ‘सेटिङ’ मा हाल इटहरी २ मा बस्दै आएको कार्यालय लकडाउन अवधीमै इटहरी ८ मा सार्ने तयारी गरेपछि सर्वत्र आलोचना हुन थालेको छ । विवादित कर्मचारीको छवि बनाएका गौतमले यहाँ बस्दै आएको भवनबाट कमिसनको ‘सेटिङ’ मिलाउन नसकेका कारण सम्झौता अगावै कार्यालय सार्ने तयारी गरिएको स्रोतले बताएको छ ।

बढीमा घरभाडा सम्झौता गर्ने र कम रकम दिने गर्ने र त्यो ‘सेटिङ’ नमिल्दा कार्यालय सार्न लागेको खुलेको छ । बाँकी रकम आफ्नो गोजीमा पार्ने गरेको स्रोतको दाबी छ ।

करीब एक महिना अघि नै घरभाडा सम्बन्धी सूचना निकाल्नुपर्ने व्यवस्था भएपनि यातायात व्यवस्था विभागले जेठ ११ गते सूचना जारी गर्दै १५ दिनभित्र शिलबन्दी दरखास्त उपलब्ध गराउन भनेको छ ।

यातायात व्यवस्था विभागद्धारा जारी सूचना ।

भाडाको घर कस्तो हुनुपर्छ भन्ने विषयमा विस्तृत रुपमा उल्लेख गरी सूचना प्रकाशित गरिएको छ । इटहरी चौकबाट करीब दुई किलोमिटर आसपास, महेन्द्र र कोशी राजमार्गमा नपर्ने, ८ कठ्ठा क्षेत्रफल जग्गामा घेराबारा लागेको पार्किङको सुविधा हुनुपर्ने जस्ता माग राखेर सूचना प्रकाशित गरिएको छ ।

पहिल्यै घरको टुंगो लागेपछि सूचना प्रकाशित गरिएको समेत खुलेको छ । हाल बस्दै आएको दिनेश भट्टराईको घरमा कार्यालय राख्ने असोजसम्मको सम्झौता थियो । तर, चार महिना अगावै कार्यालय सारिनुले कमिसनमा ‘सेटिङ’ नमिलेको बुझिन्छ ।

‘०७१ सालदेखि कार्यालय यहाँ बसेको हो, दुई–दुई वर्षमा नवीकरण गरेर घरभाडा समेत बढाउने सम्झौता भएको थियो,’ घरधनी भट्टराईले टाकुरासँग भने, ‘पछिल्लो पटक ७६ असोज १ गतेदेखि दुई वर्षका लागि सम्झौता भएको थियो, तर अहिले घरधनीलाई एकपटक पनि नसोधी कार्यालय सार्ने तयारी गरिएछ ।’

हाल इटहरी ८ मा सार्न लागिएको भवनले निर्माण इजाजत नै नलिएको उनको खुलासा छ । ‘मलाई एकपटक खबर नै नगरी सरकारी कार्यालय सारिनु कतिसम्मको जिम्मेवारी छ भन्ने स्पष्ट छ,’ उनले भने, ‘निर्माण इजाजत नै नलिकन निर्माण भएको टहरामा कार्यालय राखिनु गलत कदम हो ।’ उनका अनुसार कार्यालयले हाल मासिक एक लाख १४ हजार रुपैँया घरभाडा तिर्दै आएको छ ।

आफ्नै भवन निर्माणाधीन

कार्यालयको इटहरी १० मा आफ्नै भवन निर्माणाधीन अवस्थामा रहेको छ । आगामी पुष मसान्तसम्ममा काम सक्नेगरी धमाधम काम भइरहेको छ । तर, आफ्नै भवन निर्माणधीन अवस्थामा रहेपनि लकडाउन अवधीकै बीचमा सम्झौता सकिनुपूर्व नै घरभाडा सार्ने सूचना गर्नु यातायात व्यवस्था विभाग भ्रष्टाचारमा लिप्त भएको स्रोतको भनाई छ ।

आफ्नै भवन तयारी अवस्थामा रहेको समयमा कमिसनको ‘सेटिङ’ मा कार्यालय सार्न खोजिनु अनैतिक काम रहेको स्रोत बताउँछ ।

इटहरी १० मा निर्माणाधीन अवस्थाा रहेको यातायात कार्यालयको भवन ।

यता, यातायात व्यवस्था विभागका क्षेत्रीय निर्देशक भीम गौतमसँग यस विषयमा प्रतिक्रिया लिदाँ उनले आफ्नो कार्यक्षेत्र नरहेको भन्दै पन्छिने काम गरे । ‘६ लेन सडक निर्माण भएकाले पार्किङको सुविधा छैन, त्यसैले कार्यालय सारिनुपर्छ भनेर पहिल्यैदेखि कुरा उठेको हो,’ गौतमले पन्छिदैँ भने, ‘यो विषयमा ‘हाकिम साब’ ले सूचना निकाल्नुभएको हो, उहाँलाई बढी थाहा हुन्छ ।’

यता, कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाले भने नयाँ घरभाडाका लागि सूचना प्रकाशित गरिएको स्वीकार गर्दै भने, ‘पार्किङस्थल र सडकका कारण सानुपर्ने बाध्यता आइपरेको हो, यहाँ जटिल समस्या थियो ।’ उनले सेवा चालू भएपछि कार्यालय सार्न कठिन हुने भएकाले अहिले सेवाग्राहीको काममा समस्या नहुने तर्क गर्दै सूचना प्रकाशित गरिएको बताए ।

‘हालसम्म कोहीसँग सम्झौता भएको छैन, जो कोहीले पनि मापदण्डअनुसार दरखास्त दिन सक्नुहुन्छ,’ घर खोजिसकेर सूचना निकालियो भन्ने चर्चा छ नि भन्ने प्रश्नमा उनले टाकुरासँग भने, ‘हामीले मागेको समयमा कसैले दरखास्त नगरे पुनः सूचना जारी गर्नुपर्ने हुनसक्छ, अहिले सडकमा दुर्घटना समेत बढेको अवस्था छ, त्यसैले सार्ने तयारी गरिएको हो ।’

कार्यालयको निर्माणाधीन भवन बन्न झण्डै डेढ वर्ष लाग्ने भएको र यहाँ पार्किङ समस्याका कारण दुर्घटना बढेकाले कार्यालय सार्ने सूचना प्रकाशन गरिएको सापकोटाले बताए ।

Tags: #इटहरी#यातायात व्यवस्था विभागकमिसनटाकुरा विशेषसेटिङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले
विविध

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३१, २०८३
0

भोजपुर जिल्लाकाे भोजपुर नगरपालिकास्थित पर्यटकीय क्षेत्र सुन्तले । यो स्थल भोजपुर सदरमुकामबाट करिव १० किलोमिटर दुरीमा पर्दछ । तस्बिर :...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय
FEATURE BREAKING

झापामा मानव–हात्ती द्वन्द्व : दोहोरियो मृत्यु, समाधान अझै भएन

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३१, २०८३
0

झापा : झापामा मानव–हात्ती द्वन्द्वले फेरि एक जनाको ज्यान लिएपछि स्थानीयवासीको आक्रोश वन्यजन्तुतर्फ नभई समस्या समाधान गर्न नसकेका निकायहरूप्रति केन्द्रित...

इटहरीबाट बराहक्षेत्र गएका मामा–भाञ्जालाई सप्तकोशी नदीले बगायो, भाञ्जालाई बगाएछि मामा बचाउन गएका थिए

आस्थाको यात्रामै मोरङका धर्मप्रसादको जीवनयात्रा टुंगियो

जेष्ठ ३१, २०८३
ज्याला वृद्धिको माग गर्दै चिया श्रमिकले गरे प्रदर्शन

भारतीय बजारमा नेपाली चिया रोकावट, किसानको भान्सा संकटमा

जेष्ठ ३१, २०८३
हात्तीबाट बाली जोगाउन विकल्प खोज्दै झापाका किसान

झापामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

जेष्ठ ३१, २०८३
‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

जेष्ठ ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

जेष्ठ ३१, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा मानव–हात्ती द्वन्द्व : दोहोरियो मृत्यु, समाधान अझै भएन

जेष्ठ ३१, २०८३
इटहरीबाट बराहक्षेत्र गएका मामा–भाञ्जालाई सप्तकोशी नदीले बगायो, भाञ्जालाई बगाएछि मामा बचाउन गएका थिए

आस्थाको यात्रामै मोरङका धर्मप्रसादको जीवनयात्रा टुंगियो

जेष्ठ ३१, २०८३
ज्याला वृद्धिको माग गर्दै चिया श्रमिकले गरे प्रदर्शन

भारतीय बजारमा नेपाली चिया रोकावट, किसानको भान्सा संकटमा

जेष्ठ ३१, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.