संखुवासभा : संखुवासभा पाँचखपन नगरपालिका ६ माथिल्लो स्वाङगेका ६५ वर्षीय लिलाबहादुर कटुवालको रुखबाट लडेर मृत्यु भएको छ ।
शनिबार साँझ ६ बजे घर नजिकै बारीमा दूधिलोको रुखमा घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका कटुवालको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।














Discussion about this post