झापा : झापामा असार २१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।
जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रले जिल्लामा कोरोना संक्रमण दर घट्दै गएपनि थप जोखिम कम गर्न निषेधाज्ञा थप गर्नु परेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जारी गरेको सूचनामा अत्यावश्यक सेवा वाहेकका अन्य पसलहरु बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने उल्लेख छ ।
अत्यावश्यक सेवाहरु बाहेकका सबै प्रकारका निजी सवारीसाधन, सिटी र सफारी, अटो रिक्सा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी जोरबिजोर प्रणालीका आधारमा झापा जिल्ला भर सञ्चालन गर्न दिने जनाइएको छ ।











Discussion about this post