संखुवासभा : संखुवासभामा ८० वर्षीय वृद्ध आइतबहादुर राईको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको पाँचखपन नगरपालिका ३ सिरिसे बस्ने ४३ वर्षीय विष्णु तामाङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार शनिबार राति तामाङले मादक पदार्थ सेवन गरी राईलाई कुटपिट गर्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।
पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post