धरान : धरान ११ नगरकोट कोठा भाडामा लिएर बस्ने २० बर्षीय सत्यम दासलाई प्रतिबन्धित औषधी सहित पक्राउ गरिएको छ ।
हिजो दिउसो गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट गएको प्रहरी टोलीले दासको कोठामा लुकाइछिपाइ राखेको प्रतिबन्धित औषधी CETADOL-50 ३९० क्याप्सुल र SPASPAIN ३९० क्याप्सुल फेला पारेको थियो ।
पक्राउ परेका दासको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post