इटहरी : १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी अरुण कुमार बिसीले प्रहरी कर्मचारीले कुनै पनि गैह्र व्यावसायिक कार्य गरेमा क्षम्य नहुने बताएका छन् ।
बिसीले १ नम्बर प्रदेश मातहत रहेका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरूलाई भिडियो कन्फ्रेन्स मार्फत निर्देशन दिदैँ प्रमाणमुखी अपराध अनुसन्धानलाई जोड दिन, फरार अपराधीहरूको खोजतलास र पक्राउ गर्न, पुराना अपराधका मुद्दाहरूलाई प्राथमिकतामा राखेर फर्छौटको लागि जोड ििदएका थिए ।
हिरासत व्यवस्थापनमा विशेष ध्यान दिन र लागूऔषध ओसारपसार रोकथाम तथा नियन्त्रण गर्न तथा सीमावर्ती क्षेत्रबाट हुने अवैध चोरी निकासी नियन्त्रणका लागी दत्तचित्त भएर लाग्न समेत निर्देशन दिएका छन् ।
डिआइजी बिसीले नागरिक मैत्री प्रहरी बनाउने, अनुसन्धानमा पारदर्शीता र निष्पक्षता कायम गर्ने, आर्थिक पारदर्शीता कायम गर्ने, मानव अधिकारको पालना गर्ने, विपद व्यवस्थापन र खुला सीमा नाका हुँदै हुने तस्करी नियन्त्रण आफ्नो प्राथमिकतामा रहेको बताए ।
खुला सीमाका कारण हुने तस्करी नियन्त्रणका लागि प्रहरी संगठनलाई सक्रिय बनाउने बताउँदै उनले संगठन भित्र आर्थिक अपारदर्शीता हुन नदिने र अनियमितता भए कारवाहीको दायरामा ल्याउने बताए ।
आन्तरिक व्यवस्थापन र प्रहरी कर्मचारीहरुको मनोवल उच्च राख्ने बताउँदै उनले जनताप्रति जवाफदेही हुने बताए । अनुसन्धान पद्दतीलाई प्रविधीमैत्री बनाउँदै, परिणाममूखी अनुसन्धान गर्ने उनले प्रतिवद्धता जनाए ।














Discussion about this post