पूर्वाञ्चल विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले विभिन्न संकायहरुको परीक्षाको मिति सारेको छ ।
विश्वविद्यालयले शुक्रबार एक सूचना जारी गर्दै पुर्वनिर्धारित तालिका अनुसार यही असार ३१ गतेदेखि हुने भनिएको परीक्षा साउन १० गतेका लागि सारेको हो ।
परिस्थिति अनुकुल नभएको भन्दै परीक्षा सारिएको परीक्षा नियन्त्रक प्रा डा सूर्यप्रसाद संग्रौलाले विज्ञप्तिमार्फत जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कला तथा शिक्षा शास्त्र संकायका विभिन्न सेमेष्टरका परीक्षाहरु मिति २०७८–०३–३१ गते देखि सञ्चालन हुने परीक्षा सञ्चालन गर्न अनुकुल नभएकाले मिति २०७८–०४–१० गतेदेखि सञ्चालन हुने व्यहोरा सबै परिक्षार्थीका लागि सूचना प्रकाशित गरिएको छ।














Discussion about this post