Wednesday, October 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कांग्रेसको इतिहासमै पहिलोपटक धरानमा आफ्नै पार्टी कार्यालय

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २९, २०७८
in समाचार
0
कांग्रेसको इतिहासमै पहिलोपटक धरानमा आफ्नै पार्टी कार्यालय
194
SHARES
Share on FacebookShare on Twitter

धरान : कांग्रेसको इतिहासमै पहिलोपटक धरानमा आफ्नै पार्टी कार्यालय भवन निर्माण भएको छ । भवन निर्माणको कार्य सम्पन्न भई आन्तरिक सजावट गर्ने काम भइरहेको छ ।

कांग्रेस धरानका नगर सभापति तिलक राईका अनुसार महिला नेतृ एवं वडा नं. १८ बाट निर्वाचित वडा सदस्य दिलकुमारी राईले वडा नं. १७ मा भवन बनाउनका लागि निःशुल्क २५ धुर जग्गा उपलब्ध गराएकी थिईन् । तर, त्यस ठाउँमा पायक नपर्ने भएकाले २ नं. वडामा ५ धुर उपलब्ध भएको जग्गामा हाल भवन बनिरहेको छ ।

सभापति राईले भने, ‘पार्टीका नेता साथीहरुले त्यहाँ अपायक पर्ने भयो, पायक पर्ने ठाउँमा भवन निर्माण गर्नुपर्छ भन्ने कुराहरु उठ्यो, दिदीकै वडा नं. २ मा जग्गा रहेछ, अहिले सो जग्गामा तीन तलाको भवन बन्दैछ ।’ धरान वडा नं. २ स्थित बलबहादुर राई÷भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको नाममा तीन तलाको पार्टी कार्यालय भवन करीब ५० लाख रुपैँयाको लागतमा निर्माण गरिएको छ । अब चाडैँ भवनको उद्घाटन गर्ने सभापति राईको भनाई छ ।

धरानमा कांग्रेसको १२ औं महाधिवेशनमा १४ सय क्रियाशिल रहेको थियो भने १३ औं महाधिवेशनमा ३३ सय क्रियाशिल सदस्य रहेको थियो । १४ औं महाधिवेशनसम्म आइपुग्दा तिलक राईको नेतृत्वले ४७ सय क्रियाशिल सदस्यता बनाउन सफल भएको कांग्रेस धरानका सचिव श्याम पोखरेलले बताए ।

१३ औं महाधिवेशनबाट निर्वाचित भएको समितिले धरानमा पहिलो पटक उपनिर्वाचनमा जीत हाँसिल गर्न सकेको छ । संसद विघटन विरुद्धमा नगर समितिको नेतृत्वमा विभिन्न कार्यक्रमहरु गरिएको सचिव पोखरेलले सुनाए । उनका अनुसार पार्टीको केन्द्रिय समितिको निर्देशनमा आएको हरेक कार्यक्रम यही नेतृत्वले सम्पन्न गरेको छ ।

उनले भने, ‘२० वटै वडामा जागरण अभियान, पार्टीको कार्यकर्ताहरुलाई हरेक सुख दुःखमा साथ दिनुका साथै कुनै पनि कार्यकर्तामा दुःखद घटना हुदाँ समवेदना पत्र लगेर सान्त्वना दिने कार्यक्रमको अभ्यास यही नेतृत्वले बसाएको छ ।’ उपनिर्वाचनमा वडा, नगर, क्षेत्रदेखि लिएर जिल्ला सम्ममा चारै तहको नेतृत्व बनाउन सफल भएको पोखरेलको धारणा छ ।

१३ औं महाधिवेशनपछि विधानमा भएको अधिकार प्रयोग गरी हरेक वडामा, हरेक मतदान केन्द्रमा अधिकार प्राप्त समितिहरु निर्माण गरिएको १३ नं. वडाका मतदान केन्द्र संयोजक आशिष कट्वालले जानकारी दिए । १३ औं महाधिवेशनबाट आएका नेतृत्वले केन्द्रिय नेताहरु ल्याएर धरानमा विभिन्न कार्यक्रमहरु गर्न सफल भएको कट्वालले दाबी गरे । उनले भने, ‘पार्टीका सभापति, बरिष्ठ नेता लगायतका नेताहरु धरान आएका छन् ।’

कांग्रेस धरानका सह–सचिव एवं महिला विभाग प्रमुख पञ्चकला राईले १३ औं महाधिवेशनपछि पार्टीमा महिलाको भूमिका एकदमै सक्रिय रहेको बताइन् । उनले भनिन्, ‘१३ औं भन्दाअघि महिलाहरुको उपस्थिति कम थियो ।’ अहिलेको नेतृत्वले महिला विभागको अनुरोधमा महिलाहरुलाई प्रशिक्षण कार्यक्रमहरु गराएको उनले सुनाईन् ।

विगतमा भन्दा अहिले पार्टीमा महिलाहरुको सक्रियता बढेर गएको उनको बुझाई छ । पार्टी संगठीत हुनुका साथै आकर्षण बढेर गएको उनले बताइन् ।

 

 

 

 

 

Tags: #कांग्रेस#नेपाली कांग्रेस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा
FEATURE BREAKING

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

by टाकुरा न्यूज । इटहरी
कार्तिक ४, २०८३
0

इटहरी : नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजया दशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । यस अवसरमा नेपालीहरूले...

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो
समाचार

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

by रासस
कार्तिक ३, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ । बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३
मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    471 shares
    Share 188 Tweet 118
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    158 shares
    Share 63 Tweet 40

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.