संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका ८ मा गाई काटेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले भारतको सिलिगुडी घर भई हाल खाँदबारी ८ बस्ने २७ वर्षीय अम्बर तामाङ र सोही ठाउँका १८ वर्षीय डम्बर बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
उनीहरुलाई शुक्रबार दिउँसो खाँदबारी ८ भोटबारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । गाई काटेको भन्ने खबर पाउनसाथ खटिएको प्रहरी टोलीले भोटबारीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले तामाङको घरबाट ३०० मिटर पूर्वमा रहेको खोला किनारबाट गाई काटिरेहको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ। अन्य दुईजना फरार रहेकाले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post