संखुवासभा : हत्याको आरोपमा भोजपुरमा एक युवक पक्राउ परेका छन् ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार पक्राउ पर्नेमा भोजपुरको साल्पासिलिचो गाउँपालिका ४ घर भइ बिगत ३ बर्षदेखि तुम्लिङटार आसपासमा बसोबास गर्ने २५ वर्षीय युवराज राई रहेका छन् ।
असार ३० गते खाँदबारी नगरपालिका ९ का ४७ वर्षीय लक्ष्मण कुमाल आफ्नै घरमा मृत फेला परेसंगै निजको सम्बन्धमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय संखुवासभाको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो ।
घटनास्थलको प्रकृति हेर्दा हत्या भएको अनुमान गरी अनुसन्धान थालेको प्रहरी टोलीले मृतककै मीतछोरा नाता पर्ने युवराज राईलाई पक्राउ गरी सोधपुछ गरेको थियो ।
बयानको क्रममा उनले घटनामा आफ्नो संग्लग्नता रहेको स्वीकार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।














Discussion about this post