संखुवासभा : संखुवासभाको सिलिचोङ गाउँपालिका १ केवाडाँडा बस्ने २१ वर्षीय दिनेश राईको भीरबाट लडेर मृत्यु भएको छ ।
स्वास्थ्य चौकीको समान सार्ने क्रममा भीरबाट लडेर उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार स्वास्थ्य चौकीको सामान सार्ने क्रममा काठको टेवल बोकेर आउँदै गर्दा बाटो साँघुरो भएको कारण आफैँ सडकबाट खसेर उनको मृत्यु भएको हो।
घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post