धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञानेन्द्र गिरी नियुक्त भएका छन् ।
प्रतिष्ठानका कुलपति समेत रहेका गिरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिमा नियुक्ति गरेका हुन् ।
विगत तीस वर्षदेखि चिकित्सा क्षेत्रमा सक्रिय डा. गिरी पछिल्लो समय विराटनगर स्थित विराट नर्सिङ होममा चिकित्सकीय सेवा प्रदान गर्दै आइरहेका छन् ।
लामो रस्साकस्सी पछि डा. गिरी प्रतिष्ठानको उपकुलपति हुन सफल भएका हुन् ।
यसअघि डा. गिरीसँगै प्रतिष्ठानका कार्यवाहक उपकुलपति डा. गुरु खनाल, डा. गेहनाथ बराल र प्रतिष्ठानकै अर्का चिकित्सक डा. संजीव शर्माको नाम चर्चामा आएको थियो ।
Discussion about this post