Tuesday, May 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

खोटाङमा घरमै राहदानी

रासस by रासस
जेष्ठ १२, २०८३
in विविध, समाचार
0
52
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको राहदानी घर–घरमा पुर्‍याउन जिल्ला हुलाक कार्यालय खोटाङलाई जिम्मा दिएको छ।

सेवाग्राहीको राहदानी सम्बन्धित जिल्ला हुलाक कार्यालयमार्फत उनीहरूको घरमै पुर्‍याएर वितरण गर्न नेपाल सरकारले दिएको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयलाई राहदानी जिम्मा दिएको हो।

गत वैशाख १५ गतेपछि आवेदन दिएका १५७ जना सेवाग्राहीमध्ये ३७ जनाको राहदानी घर–घरमा पुर्‍याउन हुलाक कार्यालयलाई जिम्मा लगाइएको जिल्ला प्रशासन कार्यालय खोटाङका राहदानी शाखा प्रमुख दिनेश आचार्यले जानकारी दिए।

“राहदानीका लागि सेवाग्राहीको बायोमेट्रिक्स प्रणालीमार्फत विवरण सङ्कलन गरेर विभाग पठाउँछौँ । त्यहाँबाट राहदानी छापिएर आएपछि रुजु गरेर हुलाकलाई जिम्मा दिन्छौँ”, उनले भने, “प्रशासन कार्यालयले जिम्मा दिएको राहदानी हुलाक कार्यालयले सेवाग्राहीको घर–घरमा पुर्‍याएर वितरण गर्छ । यसले सेवाग्राहीका लागि ठूलो राहत मिलेको छ ।”

सेवाग्राहीको घरमै पुर्‍याएर राहदानी वितरण गर्दा सेवाग्राहीले टिकटवापत प्रतिव्यक्ति रु ४५ जिल्ला हुलाक कार्यालयलाई बुझाउनुपर्ने प्रशासन कार्यालयले जनाएको छ । सेवाग्राहीले राहदानी प्राप्त गर्नका लागि टिकटवापत जिल्ला हुलाक कार्यालयलाई बुझाएको रकम राजस्वको रुपमा राज्यकोषमा जम्मा हुने जनाइएको छ।

जिल्ला प्रशासन कार्यालयले सोमबार जिम्मा दिएको राहदानी आज (मङ्गलबार)देखि सम्बन्धित सेवाग्राहीको घर–घरमा पुर्‍याएर वितरण गरिने जिल्ला हुलाक कार्यालय खोटाङका सूचना अधिकारी शम्भू तामाङले जानकारी दिए ।

“हामीले जिम्मा लिएको राहदानी सबै स्थानीय तहमा पठाएका छौँ । त्यहाँका जनप्रतिनिधिहरूको सहयोगमा सेवाग्राही पहिचना गरेर वितरण गर्छौँ”, उनले भने, “नजिकका सेवाग्राहीले आज र टाढाकाले भोलिदेखि पाउनुहुन्छ ।”

दश स्थानीय तह रहेको जिल्लामा एकजना सेवाग्राहीले राहदानी लिन जिल्ला प्रशासन कार्यालय खोटाङ आउँदा/जाँदा कम्तिमा रु दुई हजार खर्च गर्नुपर्ने बाध्यता छ ।

नेपाल सरकारले जिल्ला हुलाक कार्यालयमार्फत सेवाग्राहीको घर–घरमा राहदानी पुर्‍याएर वितरण गर्ने व्यवस्था मिलाएपछि उनीहरूको रकम बचत हुने भएको छ।

राहदानी लिन आउँदा/जाँदाको समय र रकम दुवै बचत हुने भएपछि सेवाग्राही पनि हर्षित भएका छन्। जिल्लाको दुर्गम क्षेत्रका सेवाग्राहीहरू राहदानी लिन प्रशासन कार्यालय आउँदा/दा तीन दिनसम्मको समय खर्च गर्नुपर्ने बाध्यता छ।

Tags: #खोटाङ#राससराहदानी
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

मोरङको बक्राहा खोला किनारमा महिलाको शव फेला
समाचार

मोरङको बक्राहा खोला किनारमा महिलाको शव फेला

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १२, २०८३
0

मोरङ : मोरङको उर्लाबारी नगरपालिका–१ स्थित बक्राहा खोला किनारमा मंगलबार बिहान एक महिलाको शव फेला परेको छ। उर्लाबारी–१ को लन्डन ब्रिज...

सुनसरी : टिकटकमा हातहतियार देखाउँदै भिडियो पोस्ट गर्ने दुई किशोर नियन्त्रणमा
FEATURE BREAKING

सुनसरी : टिकटकमा हातहतियार देखाउँदै भिडियो पोस्ट गर्ने दुई किशोर नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १२, २०८३
0

इटहरी : सामाजिक सञ्जाल टिकटकमा हातहतियार बोकेको भिडियो पोस्ट भएको घटनापछि प्रहरीले अनुसन्धान गर्दै दुई किशोरलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु

जेष्ठ ११, २०८३
कोशी टप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व संकलन

चालू आर्थिक वर्षमा ११ हजार पर्यटक पुगे कोशी टप्पु

जेष्ठ ११, २०८३
इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)

कांग्रेस मोरङद्धारा सदस्यता अध्यावधिक समिति गठन

जेष्ठ १०, २०८३
‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

जेष्ठ १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङको बक्राहा खोला किनारमा महिलाको शव फेला

मोरङको बक्राहा खोला किनारमा महिलाको शव फेला

जेष्ठ १२, २०८३

खोटाङमा घरमै राहदानी

जेष्ठ १२, २०८३
सुनसरी : टिकटकमा हातहतियार देखाउँदै भिडियो पोस्ट गर्ने दुई किशोर नियन्त्रणमा

सुनसरी : टिकटकमा हातहतियार देखाउँदै भिडियो पोस्ट गर्ने दुई किशोर नियन्त्रणमा

जेष्ठ १२, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु

जेष्ठ ११, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1495 shares
    Share 598 Tweet 374
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1424 shares
    Share 570 Tweet 356
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    893 shares
    Share 357 Tweet 223
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    625 shares
    Share 250 Tweet 156
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    608 shares
    Share 243 Tweet 152

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.