मोरङ : मोरङको सुन्दरहरैँचा १० मा रहेको शिव पाञ्चायन ज्वेलर्समा साउन १ गते लुटपाटको प्रयास गर्ने स्वचालित हतियारधारी समूहका ५ जनालाई प्रहरी पक्राउ गरेको छ ।
प्रकाउ परेकाहरु मोरङकै केराबारी क्षेत्रबाट मङ्गलवार राती पक्राउ परेका हुन् । यो समूहबाट सुन पसल लुटपाट गर्न प्रयोग गरिएको स्वचालित हतियार स्टर्लिङ मेसिन गन एसएमजी एउटा कटुवा पेस्तोल र एउटा चाइनिज पेस्तोलसहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट विभिन्न हतियारमा प्रयोग हुने ७० राउन्ड गोली पनि बरामद भएको छ। पक्राउ परेका समूह सोही घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ। प्रकाउ परेकालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी अनुसन्धान थालिएको छ ।
यो समूहको खोजीमा जिल्ला प्रहरी कार्यालय मोरङ, १ नं प्रदेश प्रहरी कार्यालयको रिट समूह र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टिम परिचालनमा अपराधीलाइ घटना भएको १२ औँ दिनपर्छि प्रहरीले पक्रन सफल भएको हो।
पक्राउ परेकाहरूको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिएका छन् ।
‘ज्वेलर्स लुटपाट गर्न आउने समूहका केही सदस्यलाई राती १२ बजे केराबारी क्षेत्रबाट पक्राउ गरेको र पक्राउ परेकाहरूको अन्य सदस्य समेतको खोजी कार्य भइरहेको प्रहरी जनाएको छ ।













Discussion about this post