झापा : विर्तामोडको मुक्तिचोकदेखि दक्षिण गरामनीसम्म ‘चारलेन’ सडक बनेको छ ।
‘विर्तामोड–भद्रपुर सडक’को १७ किलोमिटरमध्ये पहिलो खण्डमा चार किमी बनेको हो । दोस्रो चरणमा गरामनीदेखि जिल्लाको सदरमुकाम चन्द्रगढीसम्म ८.४१ किमी सडकलाई चारलेन बनाउने निर्माणको ठेक्का लागिसकेको छ ।
डिभिजन सडक कार्यालय दमकका सूचना अधिकारी ईअनुप साउदेनका अनुसार विर्तामोडदेखि गरामनीसम्मको चारलेन सडक ३१ करोड १३ लाखमा निर्माण भएको हो ।
विर्तामोडका अगुवा व्यवसायी सुवास भट्टराईले पूर्वपश्चिम लोकमार्गबाट सुरु हुने चार लेनको यो सडकले सहरको सौन्दर्य बढाएको र भविष्यमा हुलाकी लोकमार्गसँग जोडिने बताए ।




















Discussion about this post